ग्लोबलआइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स बीच सम्झौता

Posted on: 12 Jun, 2019

जेठ २९, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सन नेपाललाइफ इन्सुरेन्स कम्पनी बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाललाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु के.सीले हस्ताक्षर गरे  ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १ सय ३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्तगर्न सकिनेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सनतथाराजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ४६ शाखारहित बैकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ ।

 त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!