सार्वजनिक सवारीको भाडा १२ प्रतिशतसम्म बढ्यो

Posted on: 13 Jun, 2019

जेठ ३०,काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। सबै सार्वजनिक यातायातमा लागू हुनेगरी १० देखि  १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । नयाँ भाडादर असार १ गतेदेखि लागू हुने खनालले बताए ।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका विभिन्न १२ आधारका भाडादर कायम गरिएको उनले बताए । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो । 

यसअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। उक्त भाडामा थप १२ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय सरकारले गरेको हो। योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो। 

नयाँ भाडादर अनुसार अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ। ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ। यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्।तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति  २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो।यसको अर्थ प्रति दुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो।

यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ। यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!