ऋण लिएर बजेटको आकार ठूलो पारियो : पूर्वअर्थमन्त्री डा महत

Posted on: 14 Jun, 2019

जेठ ३१, चितवन  | पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो । 

एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उहाँको भनाइ थियो । डा महतले भन्नुभयो, “जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।”आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उहाँको भनाइ थियो । 

वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उहाँले दाबी गर्नुभयो । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उहाँको भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भएको उहाँको भनाइ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!