बाग्लुङमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

Posted on: 17 Jun, 2019

हेम विश्वकर्मा असार २, बागलुङ | जिल्ला समन्वय समिति बागलुङले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना  निर्माणमा ढिलाइ भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरेको छ । 

जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवबार जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं ९ मा बसेको समितिको १६ औँ बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु उत्तरगंगा जलबिद्युत् आयोजना, मध्य पहाडी लोकमार्ग, कालिगण्डली करिडोर, सालझन्डी ढोरपाटन सडक खण्ड लगाएतका संरचनाहरुको अनुगमनका क्रममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानार्कषण गराएको छ । 

सोही  क्रममा समितिका प्रमुख ढुंगानाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ  । विकाससँग सम्बन्धित ती आयोजनालाई छिटो अघि बढाउन केन्द्र र प्रदेश सरकार चनाखो हुनुपर्ने र ठेकेदार कम्पनीलाई खबरदारी गरीनुपर्ने ढुंगानाको भनाई छ । 

बागलुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माण गरिने भनिएको, उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना राष्ट्रको हित, जनताको चाहना अनुसार बागलुङमै निर्माण गरी  ८ सय २८ मेगावाट क्षमताको बिद्युतलाई समृद्धि सँग जोड्न सकिने उप-प्रमुख  बिष्णु भुसालले जानकारी दिनुभयो । त्यसका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने भन्दै उपप्रमुख भुसालले सञ्चालन प्रक्रियामा आएको अवरोधलाई तत्काल समाधान गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको हो । 

नेपालको एकमात्र सिकार आरक्ष भएको पर्यटकिय क्षेत्र ढोरपाटनको बिकास र पर्यटन प्रर्बद्धन तथा बिकास निर्माणको बिषयमा सरकारको ध्यानाकर्षण समेत गराएको छ । जिल्लाका स्थानियतह हरुमा सम्झौता भइरहेका अन्य सडक योजना, मोटरेवल पुल, स्वास्थयचौकी लगाएतका संरचनाहरुमा भइरहेका ढिलासुस्ती प्रति पनि समितिले  खबदारी गरिरहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!