मधुवन नगरपालिकाको बजेट ७३ करोड, ‘एक वडा एक प्राविधिक शिक्षा’

Posted on: 25 Jun, 2019

असार १०, राजापुर (रासस) | बर्दियाको मधुवन नगरपालिकाले बजेटमा ‘एक वडा एक प्राविधिक शिक्षा’को नीतिलाई प्राथमिकता दिएको छ । पाँचौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७६/७७ बजेटमा नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गर्ने उल्लेख छ । 

बजेटमा व्यवस्थित पशुपालन गर्ने, उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था, कृषि पेशालाई निर्वाहमुखी प्रणालीबाट व्यावसायिकरणतर्फ रुपान्तरण गर्न युवा लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नगरपालिकालाई पर्यटकीयस्थल, होमस्टे, जैविक मार्ग, कोठियाघाट पुल, भगरैया ताल, तारा ताललगायत क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ । 

मधुवन नगरपालिकाले आगामी आवका लागि रु ७३ करोड चार लाख ४९ हजारको बजेट प्रस्तुत गरेको छ । पूँजीगत  खर्चतर्फ रु १९ करोड ६५ लाख तथा चालू खर्चतर्फ रु ११ करोड आठ लाख बजेट विनियोजन गरिएको छ । सशर्त अनुदानतर्फ रु २० करोड २१ लाख, समपुरक अनुदानतर्फ रु छ करोड तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि रु १२ करोड छट्टयाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!