मनकामना मन्दिरसम्म केबलकार र बञ्जि जम्पिङसहितको भ्यू टावर निर्माण गरिने

Posted on: 05 Jul, 2019

असार २०, हेटौडा | हेटौंडामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने नयाँ काम सुरु गर्ने तयारी गरिएको छ । नगर क्षेत्रको पर्यटन प्रचार प्रसारका लागि हेटौडा–५ पिप्लेदेखि मनकामना मन्दिरसम्म केबलकार र मनकामना डाँडामा बञ्जिजम्पिङसहितको भ्यू टावर निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उपमहानगरको तयारी छ । यो कार्यक्रम आगामी आथिृक वर्षमागर्नेगरी काम थालीएको छ । यस कार्यक्रमका लागि निजी क्षेत्रको लगानीमा गर्ने कामलाई प्राथमिकता दिन लागिएको हो ।

यसैगरी सङ्घीय सरकारसँगको आवश्यक समन्वय र सहकार्यमा चुरियामाई मन्दिरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकता दिइने गरी काम गर्न लागिएको छ । चालु आर्थिक वर्षमा पनि हेटौंडा उपमहानगरपालिकाले यसको संरक्षणका लागि लगानी गरेर काम गरेको छ ।

नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गरिनेछ । धार्मिक मठमन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको संरक्षण, गरी साना पूर्वाधार सुधार एवम् प्रचारप्रसारका लागि आवश्यक व्यवस्था मिलाइने उहाँले वताउनुभयो ।

महिला, अपाङ्ग तथा लैंगिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा सञ्चालित विभिन्न उद्यम आगामी आर्थिक वर्ष्भित्र उपमहनगरपालिकामा दर्ता हुन आएमा सोमा लाग्ने करमा कर छूटको व्यवस्था गरिने गरीने भएको उपप्रमुख लामाले वताउनुभयो । सम्बन्धित निकायमा विगत वर्षहरुमा दर्ता भई सञ्चालनमा रहेका तर उपमहानगरपालिकामा दर्ता हुन नआएका व्यवसायीहरुलाई करको दायारामा ल्याउन विगत ३ वर्षको मात्र कर लिई दर्ता गरिने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!