मुगुको छायाँनाथ रारा नगरपालिकाले गर्यो निति तथा कार्याक्रम सहित ५२ करोड बजेट सर्वसम्मत पारित

Posted on: 16 Jul, 2019

दान बहादुर बुढा | असार ३१, मुगु | लामो समयको छलफल पछि मुगु  मा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाले ५२ करोड भन्दा बढी बजेट तथा निति कार्याक्रम सर्वसम्मत निती सोमबार पारित गरेको छ ।

सोमबार दिउसोबाट शुरु भएको छायाँनाथ रारा नगरपालिका नगरसभाले नगर प्रमुख हरिजंग शाहीले १० गते प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रम र उपप्रमुख सुन्तला रोकायाले प्रस्तुत गर्नु भएको प्रस्तावित बजेत सर्वसम्मत पारित गरेको हो ।

उपप्रमुख रोकायाले आर्थिक बर्ष २०७६-०७७ का लागी प्रस्तुत गर्नु भएको ५२ करोड ८२ लाख ४६ हजार ३ सय ८३ रुपयाँको प्रस्तावित बजेट ८ घण्टाको छलफल पछि राती १२ बजे सर्वसम्मत पारित गरिएको थियो ।  नगर सभामा बजेट प्रस्तुत दिउसो ३ बजे गरिएको थियो ।

पास गरिएको बजेटमा ८ करोड ५८ लाख केन्द्रिय राजश्व बाडफाँड ६ लाख ९१ हजार प्रदेश राजश्व बाडफाँड, १ करोड ७१ लाख ११ हजार आन्तरिक राजश्व १२ करोड ४४ लाख वित्तिय समानिकरण १ करोड ५० लाख प्रदेश समानिकरण २७ लाख ५० हजार मालपोत २ करोड ३०  लाख गत बर्षको अल्या र २६ करोड ४४ लाख ४४ हजार ३८३ सशर्त शिर्षकबाट नगरपालिकामा प्राप्त हुने उपप्रमुख सुन्तला रोकायाले बताउनु भयो ।

प्रस्तुत बजेट वडा स्तरबाट छनौट गरिएर आएका योजना,नगरका गौरवका योजना नियमित र विगत बर्षमा नगरले अबलम्बन गदै आएका कार्यक्रममा विनियोजन गरिएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा विधुत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको समन्वयमा यो आर्थिक बर्षबाट १ मेगावाड क्षमतााको विधुत उत्पादन गर्न २ करोड रकम छुटाएको छ | 

 मुगु जिल्लामा रहेको नेपाल कै ठुलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिक स्थल छायाँनाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडक बनाउन५०  लाख रकम विनियोजन गरिएको छ । यस्तै मेयर स्वरोजगार कार्यक्रम,गरिवसंग मेयर कार्यक्रम,मेयरकप प्रतियोगिता,कवडहल निमार्ण,छायाँनाथ सभाहल निमार्ण,गमगढीमा मेयर पार्क निमार्ण,डम्पिङ्ग साईड निमाण,पत्रकार महासंघ भवन निमार्ण,सडक बत्र्ती,गमगढी विपी मार्ग हुदै मुलसडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजित गरिएको नगरप्रमुख हरिजंग शाहीले बताउनु भयो ।

नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रमहरु एक छोरी एक खाता,एकल पुरुष प्रोस्साहन भत्ता,दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्ता,प्रारम्भिक बाल विकास कक्षााका शिक्षक प्रोत्साहन भत्ता,स्वास्थ्य स्वयंसेविका संचार खर्च,नगर साक्षरता कार्यक्रम,विपन्न,दलित विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिईएको छ भने राराको सल्लेरीमा सवारी साधन पार्किङ्ग स्थल निमार्ण,रारामा आउने पर्यटकका लागी फोहर संकलन झोला निमार्ण,स्वयमंसेविका प्रोत्साहन भत्ता,समुदाय सुरक्षा निकाय साझेदारी कार्यक्रम,कानुनी सहायता कक्षा,लोकसेवा तयारी कक्षा,जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँ कार्यक्रम प्रस्ताव गरि नगरपालिकाले बजेट छुटाएको छ । 

विगतमा सम्पन्न भएका  नगरसभाहरु जहिले पनि विवादका विच निर्णय हुने गरेका भएपनि यो पटक भने सर्वसम्मत निती तथा कार्यक्रम र बजेट पारित भएपछि नगरबासीमा एक किसिमको सकारात्मक सन्देश गएको र विगतका तितामिठा अनुभवबाट पाठ सिक्दै आगामी दिन विकास र कार्यान्वयनमा समयविताउने सबै नगरसभा सदस्यहरुले संकल्प गरेको वडा नं २ का वडा अध्यक्ष एवं नगरसभा सदस्य परेगराज चौलागाईले बताउनु भयो ।

गत बर्ष वडा स्तरका योजना छनौटका लागी नगरपालिकाले २९ लाखको बजेट सिलिङ्ग पठाएकोमा यो बर्ष ४५ लाखको सिलिङ्ग पठाएको थियो ।  सोहि सिलिङ्गमा रहेर बस्ति स्तरबाट आएका योजनामा प्राथमिकीकरण गरि १४ वटै वडाहरुले नगरपालिका बजेट तथा सो्रत सुनिस्चता समितीमा पेश गरेका थिए ।

निती गत रुपमा गत १०गते भित्र स्थानिय सरकारहरुले आफनो निती तथा कार्यक्रम ल्याई सक्नु पर्ने व्यवस्था भएपनि छायाँनाथमा लामो समय निति तथा कार्यक्रमका छलफल गदै वितेकाले सोमबार राती अवेरसम्म सभा चलेका थियो । नगरसभाले पास गरेका योजना कार्यक्रम र बजेट आज रातीसम्म सुत्रमा हालिसक्न महालेखा नियन्त्रण कार्यालयले परिपत्र गरेको छ । जिल्लामा रहेका ४ वटा स्थानिय तहमध्ये सोमबारसम्म मुगुमकार्मारोङ्ग गाँउपालिकाले आफनो बजेट,योजना र कार्यक्रम सुत्रमा हालेकोछ भने अन्य तिन स्थानिय तहहरु सुत्रमा हाल्न लागी रहेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!