आजदेखि आर्थिक बर्ष २०७६/७७ सुरु

Posted on: 17 Jul, 2019

साउन १, काठमाडौँ | आर्थिक बर्ष २०७५/७६ मंगलबारदेखि सकिएको छ । आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । सरकारले यो आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्बको बजेट छुट्याएको छ । 

अघिल्लो आर्थिक बर्षमा दुई तिहाईको बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएपनि लक्ष्यअनुरुप राजश्वको लक्ष्यभने भेटाउन सकेन । नयाँ आर्थिक बर्ष २०७६/७७ मा अर्थमन्त्री खतिवडाले चालूतर्फ ९  खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका छन् । 

सरकारले यो वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्नेछ । सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने छ । 

गत आर्थिक बर्ष राजश्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड उठाउने लक्ष्य राखेकोमा ६ खर्ब ९५ अर्ब ४७ करोड अर्ब राजश्वमात्र उठ्यो । सरकारले राखेको लक्ष्यमध्ये ८३. ६६ प्रतिशतमात्रै राजश्वको लक्ष्य पूरा भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!