शेयर बजारका जानकारीका लागि ‘नेपाल स्टक’ एप सार्वजनिक

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ | अब शेयर बजारको बारेमा बुझ्नकालागि धेरै सजिलो भएको छ । नेपाल शेयर बजारमा भइरहेको उत्तारचढावको जानकारी अब मोबाइलमा नै आउने भएको छ । साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयर को जानकारी लिन पाइने भएको छ । 


जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने एप हालसालै सार्वजनिक गरेको छ। हेर्दा धेरै राम्रो तथा चलाउदाँ धेरै सजिलो यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिष्ट राख्न मिल्ने प्रविधी राखिएको छ भने आउदा दिनमा विभिन्न सुविधाहरु थपिने जानकारी जिनियस सिस्टम्सले दिएको छ । जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सुचि मा ‘नेपाल स्टक’ पनि थपेको छ।यो एप एन्ड्रोइड र एप्पल दुवैमा उपलब्ध छ ।

यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!