आज सुनको भाउ कति ?

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौं | साताको दोश्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य आइतबारकै मूल्यमा कारोबार भईरहेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपयाँले कारोवार भई रहेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार प्रतितोला ६५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार ६५ हजार रुपैयामा कारोबार भइरहेको थियो, जुन आज स्थिर अवस्थामा रहेको छ । यस्तै, आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य तोलामा ७ सय ६५ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केहि समयदेखि बढिरहेको कारण नेपालमा पनि सुनको भाउ केहि समय यता बढीरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!