घोराही उपमहानगरपालिकाको लक्ष्यभन्दा बढी राजश्व सङकलन

Posted on: 25 Jul, 2019

साउन ९, दाङ  | घोराही  उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ मा  लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु  २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो ।

उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतबाट रु नै करोड ३३ लाख २६ हजार ५८२ सङ्कलन गरेको त्यहाँका राजश्व शाखाप्रमुख कृष्णकुमार केसीले जानकारी दिनुभयो । त्यसैगरी एकीकृत सम्पत्ति करबाट रु एक करोड १४ लाख चार हजार, घरबहाल करबाट रू एक करोड १७ लाख चार हजार, विज्ञापन करबाट रु १७ लाख ९९ हजार, नदीजन्य वस्तुबाट रु दुई  करोड ७२ लाख २९ हजार, जडीबुटीबाट रु १५ लाख ७८ हजार र व्यवसाय करबाट रु १५ लाख २२ हजार सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । 

उपमहानगरले चालू आवमा भने रु २५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको राजश्व शाखाप्रमुख केसीले बताउनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!