कुमारी बैंकको “परिवार सुरक्षा बचत खाता“, यी हुन् सुविधा

Posted on: 29 Jul, 2019

साउन १२, काठमाडौं । कुमारी बैंकले नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” ल्याएको छ । यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान रहेको बैंकले जनाएको छ । यस तोजना नेपालमै पहिलो पटक प्रस्तुत गरिएको बैंकले दावी गरेको छ। 


यो बचत खातामा न्यूनतम १० हजार मौज्दात हुनुपर्ने बैंकले जनाएको छ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको छ । यसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध हुनेछन ।

बैंक खाता खोल्दा खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंकले सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!