होन्डाले ५० हजार मोटरसाइकल र स्कुटर फिर्ता मगायो, यस्तो छ कारण

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौँ | नेपालमै पनि सर्वाधिक विक्री हुने दुई पांग्रे सवारी ब्राण्ड होन्डाले आफ्नो उत्पादनका मोटरसाइकल तथा स्कुटर फिर्ता मगाएको छ । होण्डाले बजारबाट ५० हजार ३४ युनिट दुई पाँग्रे सवारीसाधन फिर्ता लिने भएको छ ।

आफ्नो अत्पादनका मोटरसाइकल र स्कुटरमा फ्रन्ट ब्रेक मास्टर सिलिन्डरमा समस्या देखिएपछि कम्पनीले चार मोडलका साधन फिर्ता मगाएको जानकारी दिएको छ ।


कम्पनीले एभियटर, एक्टिभा र ग्रेजिया स्कुटर तथा सिबी साइन मोटरसाइकल फिर्ता मगाएको हो । २०१९ को फेब्रुवरी ४ देखि जुलाई ३ सम्म उत्पादन भएका उक्त मोडलका साधनमा समस्या देखिएको भन्दै कम्पनीले फिर्ता लिएको छ।

यसअघि होन्डाले भारतीय बजारबाट ५ हजार कार पनि फिर्ता मगाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!