भ्रमण वर्ष सफल बनाउन नाट्टाद्वारा सरकारलाई १२ बुँदे सुझाव (सुझाव सहित)

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि नेपाल एशोसिएसन अफ दुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले सरकारलाई १२ बुँदे सुझाव दिएको छ ।

नवनियुक्त पर्यटनमन्त्रीले गत शुक्रबार पर्यटन व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरी सुझाव माग गरेका थिए । जस अन्तर्गत तीन दिनभित्र लिखित रुपमा सुझाव दिन भनेका थिए । सोही अनुसार नाट्टाले सोमबार सुझाव दिएको हो।

सुझावमा अतिरिक्त शुल्क ९ प्रतिशतको व्यवस्था गर्न सुझाव दिइएको छ। साथै, डिजल इन्धन र एलपी ग्यासमा दिइँदै आएको भ्याट फिर्तालाई निरन्तरता दिने, विमानस्थलको स्तरोन्नती, बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्था, अनलाइन भिसालगायतका विषय समेटिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!