दशैंभन्दा २० दिन अगाडी नै नयाँ नोट दिने राष्ट्र बैंकको तयारी

Posted on: 28 Aug, 2019

भदौ ११, कठमाडौं | यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकले  जनाएको छ | 

 राष्ट्र बैंकका अनुसार कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने नर्णिय भने हुन बाँकी रहेको छ | कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने  राष्ट्र बैंकले जनाएको छ |दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ ।

यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व,  ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!