दुगड ब्रदर्सद्वारा महिन्द्रा एण्ड महिन्द्राका ग्रेडर र लोडरको नेपालमा बिक्रि शुरु

Posted on: 30 Aug, 2019

भदौ १३,  काठमाडौं ।  एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले महिन्द्र एण्ड महिन्द्राको जी–९० मोडलका मोटर ग्रेडर र लोडर पहिलो पटक नेपाली बजारमा भित्राएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एमभी दुग्रड ग्रुपका अध्यक्ष मोदीलाल दुगड, महिन्द्रा एण्ड महिद्रा भारतबाट आएका अधिकारीहरुले ती उपकरणहरु सार्वजनिक गरेका हुन् । 


रिप्पर एटाचमेन्टसहितको ९१ एचपीको मोटर ग्रेडर र लोडर नेपालको निर्माण क्षेत्रका लागि निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । यी उपकरणहरु अहिले नेपाली बजारमा भइरहेका भन्दा बढि प्रभावकारी, टिकाउ रहेको दावी गरेको छ । कार्यक्रममा नयाँ क्रेताहरुलाई उपकरणका चावी हस्तान्तरण गरिएको थियो । उपकरण बिक्री शुभारम्भको अवसरमा बुक गर्नेलाई विशेष अफर पनि प्रस्तुत गरिएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!