बैतडी पाटन ८, आरुबाटा तिम्ले बिद्युत बिस्तार अस्तब्यस्त

Posted on: 02 Sep, 2019

कृष्ण बिष्ट | भदौ १६, बैतडी | १ सय २० भन्दा बढि घरधुरीमा जडान गर्ने उदेस्यले ४ वर्ष पहिले बिद्युत लाईन बिस्तार गर्न पोलहरु गाडिए । आरुबाटा तिम्ले टोलमा भ्याएजतिका पोलहरुमा तारहरु पनि तानिए । पाटन नगरपालिका वडा नं ८ मा पर्ने सो टोलमा अहिले सम्म बिद्युत बिस्तार भएको छैन । 

कति पोलहरु गाडिएका छैनन, कति पोलहरुमा तार तानिएर अधुरै छोडिएको छ । बिद्युत लाइन जडान गरिएको छैन । पोल तार र ट्रान्समिटर अस्तब्यस्त अवस्थामा छोडिएका छन । 


स्थानियका अनुसार ४ वर्ष पहिले पोलहरु गाडिए सँगै तार समेत तानिएको थियो । ठेकेदार र बिद्युत कार्यालयको लापर्वाहिले हाल सम्म बिद्युत समेत जडान भएको छैन । 

बिद्युत बिस्तारको लागि बिद्युत बितरण केन्द्र पाटन तथा जिल्ला बिद्युत कार्यलयमा पटक पटक आग्रह गरिएपनि कुनै प्रभावकारी सुनुवाइ नभएको स्थानिय बिर सिह महराले बताए । 


बिद्युत बिरतण केन्द्र पाटनले तार तानिएको ४ वर्ष पछि गत जेठमा एक ट्रान्समिटर उपलब्ध गराएको छ तर त्यो  आज सम्म जडान भएको छैन । 

ठेकेदारले पनि लापर्वाहि गरेका कारण बिद्युत जडान बिस्तारमा ढिलाई भएको बिद्युत बितरण केन्द्र पाटनका इन्चार्ज पुस्पराज पन्तले बताए । उनले भने “बिगतमा ठेकेदारको लापर्वाहिले गर्दा तार र पोलहरु बिस्तार गर्न ढिलाइ भएकै हो” उनले भने “अबको दुइ तिन दिन सम्म ट्रान्समिटर जडान गर्ने योजना बनाएका छौ ।” 


यस बिषयमा तपाइको प्रतिक्रिया...!