दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौँ |  बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको  छ | संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । 

शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले बताए । सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।

संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!