आज सुनको भाउ घटयो हेर्नुहोस्

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौँ | सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ | शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। केहीदिन अघिसम्म निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ । 

छापावाल सुन प्रतितोला ७३ हजार नाघेकोमा अहिले मूल्य केही घटेको हो | चाँदीको मुल्य प्रतितोला ८ सय ८५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!