सोमबारदेखि काठमाडौँमा विद्युतीय बस चल्ने

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौँ | सोमबार देखि काठमाण्डौमा बिजुली बस गुड्ने भएको छ | निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ | सोमबार दिउँसो भृकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ |

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो | चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाण्डौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो । सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न बताइएको छ |

कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनी जस्तै हुनेछ । यसले गर्दा सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!