एनआईसी एसिया बैंक बानियाटारको सहकार्यमा आँखा सिविर सम्पन्न

Posted on: 14 Sep, 2019

भदौ २८, काठमाडौँ | एन आईसी एसिया बैंकको सहकार्य तथा बानियाटार युवा समाज र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा एक दिने आँखा सिविर सम्पन्न भएको छ । 

धनेश्वर मन्दिर नजिकै रहेको इडु सम्मिट स्कुलमा आयोजित शिविरमा बरिष्ठ आँखा बिशेषज्ञहरुद्वारा आँखा सम्बन्धि सम्पूर्ण समस्याको नि-शुल्क परिक्षण गरिनुको साथै २५ जनाको निशुल्क मोतिविन्दुको सल्यक्रिया गरिएको थियो ।  


उक्त शिविरलाई नवज्योति अप्टिकेयर र इडु सम्मिट स्कुलले सह प्रायोजना गरेका थिए । शिविरमा २०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई सेवा प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् । 

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि.जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!