मलेसिया, कतार, युएई,साउदी, कुवेत र जापानको मुद्राको विनिमय दर घट्यो, हेर्नुहोस दररेट

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ भदौ २९ गते आइतबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११४ रुपयाँ ४६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको हो ।

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २७ रुपयाँ ३८ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ केहि पैसाले घटेको हो । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ८ पैसा ३१ रुपयाँ २५ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३१ रुपयाँ २६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ  १८ पैसाले सस्तिएको हो । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ९७ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३१ रुपयाँ १६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ५० पैसाले घटेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ३३ पैसा तोकिएको छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर ३० रुपयाँ ५१ पैसा तोकिएको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ केहि पैसाले घटेको देखिन्छ । 

कुवेत

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७२ रुपयाँ ४६ पैसा र बिक्रीदर नेपाली ३७४ रुपयाँ ४३ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर ३७६ रुपयाँ ६४ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ ४ रुपयाँ १८ पैसाले घटेको देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ६१ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६६ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर ९ रुपयाँ ६० पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ भने १ पैसाले मात्र बढेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ४८ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५४ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर १० रुपयाँ ७१ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ २३ पैसाले घटेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!