निर्माणाधिन छरछरे खानेपानी योजनाको वडा अध्यक्ष श्रीसद्धार अनुगमनः एक घर एक धारा निर्माण हुने

Posted on: 16 Sep, 2019

हेम विश्वकर्मा | हादु ३०, गल्कोट/बागलुङ | व्यवस्थित सहरबजार जस्तै गल्कोट नगरपालिका ११ रिघाको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । बागलुङको गल्कोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५५ घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । 

गाउँमा सञ्ंचालित फेदि छरछरे खानेपानि आयोजनामार्फत गाउँका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको झन्डै ७० प्रतिशत काम सम्पन्न भइसकेको अनुगमनकाक्रममा जानुभएका सोही वडाका वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिनुभएको छ । 


अहिलेसम्म धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका फेदीबासीहरु अब भने लाभान्वित हुने भएका छन् । वडा अध्यक्षको पहलमा गण्डकी प्रदेश पुर्बाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा खानेपानी आयोजना विस्तार हुनेभएपछि त्यहाँका कुमाल समुदायमा जनप्रतिधि प्रतिको बिस्वास बढेको स्थानिले बताएका छन् । 

अहिले आयोजनाको काम धमाधम भइरहेको छ । आर्थिक बर्ष ०७५/७६ बाट सुरु भएको बहुबर्षे योजना यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा काम सञ्चालन भइरहेको बताइएको छ । 


गत बर्ष प्रदेश सरकारबाट ३५ लाख विनियोजन भएकोमा लक्ष्यभन्दा बढी ७४ लाखको काम भएको र चालु बर्षमा ५ लाख विनियोजन भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर राना कुमालले जानकारी दिनुभयो । अहिले पाइपलाई विस्तार र विभिन्न ट्याङ्की तथा धारा निर्माण गर्ने काम भइरहेको छ । एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनाका काम द्रुत गतिमा अगाडि बढिरहेको कुमालले बताउँनुभयो । 

यसैबिच आजै रिघा झारसादि मजुवा अरले मनेवापाटा खानेपानी आयोजनाको पनि वडा अध्यक्ष श्रीस लगाएतको टोली र उपभोक्ता समितिले छलफल तथा अनुगमन गरेको छ । सो योजना भने संघिय सरकारबाट छनोट भएको योजना हो । जसको ५० प्रतिशत काम सम्पन्न भएको र ७० घरधुरी लाभाम्बित हुने वडा अध्यक्ष श्रीसले बताउँनुभयो । 

यस्तै हिउँद लाग्नेबित्तिकै खानेपानीको समस्या झेल्दैआएका ठुलो रिघा लगाएतका  स्थानहरुमा लिफ्टिङ्ग प्रबिधिबाट पानि ल्याउने योजना रहेको वडा अध्यक्ष श्रीसको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!