आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौँ | आज सुनको मूल्य बढेको छ | आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो भने आज सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

आज छ्पावाल सुनको मुल्य प्रतितोला ७१ हजार ३०० कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको छ |

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ | आज चादीको प्रतितोला ८६५ मा कारोबार भइरहेको  छ | हिजोको तुलनामा आज चाँदीको मूल्य २५ रुपैयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!