प्रधानमन्त्री ओली द्वारा संघीय संसद भवनको शिलान्यास

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौँ | बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिहदरबारमा संघीय संसद भवनको शिलान्यास गरेका छन् | सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो |

१ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ | दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ | हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ |

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ। संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ | नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ। भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!