दशैँ तिहारका लागि यी २५ ठाउँबाट नयाँ नोट साट्न पाइने

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौं | नेपाल राष्ट्र बैंकले आउदै गरेको दशैं तिहारको लागि असोज १० गतेबाट नयाँ नोट साट्न सुरु गर्ने भएको छ | नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १० गतेदेखि  १७ गतेसम्म नयाँ नोट साट्न सकिने जानकारी दिइएको हो |

काठमाडौँ राजधानी बाहिरको परिबेशमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट पनि नया नोट साट्न सकिने छ | जस अनुसार बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न सकिन्छ |

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट साट्न सकिन्छ | प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ | यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले जानेको छ | ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन् |

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!