आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौं | आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ | बिहीबारको तुलनामा आज प्रतितोला रु ३०० ले बढेर प्रतितोला ७१ हजार कायम भएको छ |

आज छापावाल  सुनको मुल्य प्रतितोला ७१ हजार रहेको छ भने तेजाबी सुनको मुल्य प्रतितोला ७० हजार ७ सय कायम रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ |

त्यस्तै आज शुक्रबार चाँदीको  मूल्य पनि बढेको छ | बिहीबारको तुलनामा आज रु ५ ले बढेर प्रतितोला ८६० कायम भएको छ | हिजो चादीको मुल्य प्रतितोला ८५५ कायम रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!