आजबाट सय रुपैयाँको नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौँ | आज देखि नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ | आकार, प्रकार र रंग भने पहिलेकै जस्तो रहेको छ | नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ |


सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ । नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!