कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी, ह्याकिङ् प्रकरणमा संलग्न ११ जना पक्राउ

Posted on: 25 Sep, 2019

असोज ८, काठमाडौँ | कृषि विकास बैंक ह्याकिङ् प्रकरणमा संलग्न ११ जना पक्राउ परेका छन् | डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ | उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ |

ह्याकरहरुले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारेका थिए। सिस्टमको पासवर्ड ह्याक गरेर ह्याकरको समूहले काठमाडौंबाट रकम निकालेको प्रहरीको भनाइ छ |


कृषि विकास बैंक श्रोतका अनुसार आफ्नै कर्मचारीको मिलेमतोमा पैसा सारिएको हो वा ह्याकरहरूले मात्र सारेका हुन भन्ने बारेमा एकिन भइनसकेको बताएको छ | ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भइरहेको  प्रहरीको भनाई रहेको छ |

नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ। अपराध महाशाखाले बुधबार २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!