सन् २०२१ को लागि डीभी खुल्यो

Posted on: 02 Oct, 2019

असोज १५, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि बुधबारबाट आवेदन खुला भएको छ। संयुक्त राज्य अमेरिकाले २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। यसवर्षबाट आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ। डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने छ। नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।

एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन्। बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!