आज कति छ सुनचाँदीको भाउ, हेर्नुहोस्

Posted on: 17 Oct, 2019

असोज ३०, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । 

चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!