कात्तिक १, काठमाडौं । गैरआवसीय नेपाली संघका नव निर्वाचित अध्यक्ष कुमार पन्तले नेपाललाई विश्व श्रम बजारमा दक्ष कामदार पठाउने मुलुकका रुपमा चिनाउने उद्घोष गरेका छन् । संघको अध्यक्षमा निर्वाचित भएसंगै पत्रकारहरुसंग कुरा गर्दै उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए ।
अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने 'नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।' श्रमिक कल्याणकारी कोषलाई तेब्बर बनाउने घोषणा कार्यान्वयनमा लैजाने उनले बताए ।
संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने 'सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं ।
एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!