घट्यो सुनको भाउ, हेर्नुहोस् आजको मूल्य कति ?

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौं | साताको पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा रु ७० हजार ४०० मा कारोबार भएको हो । 

त्यस्तै तेजावी सुनको भाउ तोलामा ७० हजार १०० रुपयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी चाँदीको भाउ आइतबार तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ गत शुक्रबार पनि तोलामा ८५० मै कारोबार भएको थियो । अघिल्लो महिनाको आजकै दिनको कुरा गर्ने हो भने छापावाल सुनको मूल्य ७१ हजार र तेजाबी सुन प्रति तोला ७० हजार ७०० मा कारोवार भएको थियो । अघिल्लो महिनाको तुलनामा छापावाला सुनको मूल्य प्रति तोला ६०० रुपयाँले मात्र सस्तिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!