नेपाल बैंकर्स संघद्वारा सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त

Posted on: 07 Nov, 2019

कार्तिक २१, काठमाडौँ | नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारी बीच मन्त्रालयमा भएको छलफलमा सघले यस्तो प्रतिवद्धता जनाएको हो । 

सामाजिक सुरक्षा कोषका सन्दर्भमा केन्द्रित रहेर छलफल भएको हो । छलफलमा सरकारले थप गरेको समय भित्रै सबै बैंक तथा बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन आग्रह गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । 


कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधै तयार रहेको भन्दै सबै बैंकहरुलाई कोषमा आवद्ध हुन श्रममन्त्रीले आग्रह गरेका थिए । संघले दोहोरो कर तिर्नुपर्ने बाध्यता रहेने भन्दै  त्यसलाई सम्बोधन गर्न श्रम मन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् । जवाफमा श्रममन्त्रीले सरकारको तर्फबाट समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितको पदाधिकारी टोलीद्वारा कोषका विभिन्न स्किमहरु र तयार हुँदै गरेको लगानी कार्यविधीका बारेमा संघले राखेका जिज्ञासाहरुलाई प्रष्ट पारिएको ज्ञवालीले जानकारी दिए । कोषमा आवद्ध हुने बैंकहरुको संख्या न्यून रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!