प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैदेशिक सहायता जुट्यो, विश्व बैंकबाट १३ अर्व ६२ करोड स्वीकार

Posted on: 07 Nov, 2019

मनोज पराजुली, कार्त्तिक २१, काठमाडौं । सरकारले विश्व बैंकबाट प्रस्ताव भएको करिब रू. १३ अर्व ६२ करोड (१२० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको  सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

युवा रोजगारी प्रवर्दन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजना अन्तर्गत दिइएको ऋण प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खर्च हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव डा. लोकनाथ भुसालले जानकारी दिए  विश्व बैंकबाट प्रस्ताव भएको करिब रू. १३ अर्व ६२ करोड बराबरको सहुलियतपूर्ण ऋण ४/५ वर्षका लागि भएकेले यस वर्षलाई २ अर्ब ६२ करोड उपलब्ध हुने उनले बताए ।

सरकारले यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड २ रकम छुट्याईएको थियो, त्यसमध्ये २ अर्ब ६२ करोड बैदेशिक श्रोत अन्तर्गत राखेको थियो । गत वर्षबाट शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यस वर्ष बेरोजगारहरुलाई पुस महिनाबाट नै रोजगारी दिने तयारी शुरु गरिसकेको छ ।

सडक, खानेपानी, ढल व्यवस्थापन, सिंचाईं, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पूनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकुलन लगायतका क्षेत्रहरुमा रोजगारी दिनेगरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । 

गत वर्ष १ लाख ७५ हजार ९०९ जनाले औसत १३ दिन रोजगारी पाएका थिए । 

जागिर खोज्दै १७ लाखले दिए आवेदन, मापदण्ड पुग्नेलाई पुस भित्रै रोजगारी

यस बिषयमा तपाइको प्रतिक्रिया...!