आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 08 Nov, 2019

कार्तिक २२, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | हिजोको तुलनामा आज रु ७०० ले घटेर छापावाल सुनको मुल्य प्रतितोला रु ६९ हजार ९ सय कायम भएको छ | बिहिबार छापावाल सुनको मुल्य प्रतितोला रु ७० हजार ६ सय रहेको थियो | 

त्यस्तै आज तेजाबी सुनको मूल्य ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ | शुक्रबार चाँदीको मुल्य पनि घटेको छ | हिजोको तुलनामा आज रु १५ ले घटेर प्रतितोला रु ८ सय ३५ कायम रहेको नेपाल  सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!