प्रभु बैंकद्वारा तीन महिनामै ६२ करोड ८४ लाख मुनाफा आर्जन

Posted on: 13 Nov, 2019

कात्तिक २७, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको प्रभुले यसपाली ५.०२ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप बढेर एक खर्ब छ अर्ब पुगेको छ भने कर्जा २.६२ प्रतिशतले बढेर ९१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप र कर्जा क्रमश ०.९३ प्रतिशत र ६.८३ प्रतिशतले बढेको हो । बैंकको कुल ब्याज आम्दानी २४.१० प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

८.८९ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ५.९६ अर्ब रहेको छ । बैंकको खराब कर्जा २.५१ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २८.२७, नेट वर्थ १६७.१२, मूल्य आम्दानी अनुपात ९.३७ गुणा, आधार दर ९.२४ प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत, सिसिडि ७७.८१ र पुंजी पर्याप्तता अनुपात ११.०३ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!