नेपाल लाइफ इन्स्योरन्सको आय २८.८६ प्रतिशतले वृद्धी

Posted on: 13 Nov, 2019

कात्तिक २७, काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासमा भन्दा २८.८६ प्रतिशतले आय वृद्धी गरेको छ । 

 चालु आवको पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब १२ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ भने कम्पनीले गत आवको पहिलो त्रैमासमा ८ अर्ब ६३ करोड ९ लाख रुपैयाँ आय गरेको थियो । 

कम्पनीमा गत आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ५ अर्ब ४३ करोड २८ लाख रुपैयाँ संकलन भएको थियो भने चालु आवमा भने खुद बीमा शुल्क ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ४३.९० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । 

यस्तै, गत आवको पहिलो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय १ अर्ब ४ करोड २५ लाख रुपैयाँ देखिन्छ भने चालु आवको पहिलो त्रैमासमा १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ देखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!