नेपाल इन्भेस्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षकोको मुनाफाबाट १९ प्रतिशत लाभांश दिने निर्णय गरेको

हो । 

बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ८६ करोड रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!