आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहिबारको तुलनामा आज रु २०० ले घटेर  प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ८०० पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ | 

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ५ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | बिहिबारको तुलनामा रु ५ ले घटेर शुक्रबार  प्रतितोला चादीको मूल्य रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!