सिंहदरबारबाटै उद्घाटन गरे प्रधानमन्त्रीले त्रिशूली थ्री ए जलविद्युत परियोजना

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौँ |  ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजना प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै उद्घाटन गरेका छन् | 

सोमबार बिहान ११ बजे डिजिटल प्रविधि प्रयोग गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन् |

उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!