आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौँ | आज मंगलबार सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा आज रु ४०० ले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ |

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | सोमबारको तुलनामा रु १० ले बढेर प्रतितोला चादीको मूल्य रु ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!