विदेशबाट आयातहुने तरकारीमा विषादी परिक्षण गर्न अत्याधुनिक प्रविधि जडान गरिदैं

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौं | विदेशबाट आयात हुने तरकारीमा बिषादी परिक्षणको लागि अत्याधुनिक प्रविधि जडान गरिने भएको छ | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ वटा नाकामा त्यस्ता प्रविधि जडान गरिन लागेको हो |

उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए | एउटा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा, ९ वटा नेपाल-भारत भन्सार नाकामा दुई वटा नेपाल-चीन सीमानाकामा जडान गरिने भएको छ |

विषादी परीक्षणको तालिम दिन विभागले केही कर्मचारीलाई भारत पठाएको छ | असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने व्यवस्था गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!