नेपाल टेलिकमको फोरजी सिम वितरण अभियान सम्पन्न हुँदै

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौँ | नेपाल टेलिकमले देशका विभिन्न सहरहरुमा फोरजी सिम कार्ड वितरण गर्ने कार्य अभियानको रुपमा सञ्चालन गरिरहेको छ | जस अन्तर्गत  पहिलो चरणको  उक्त अभियान बुधबार पोखराको अमरसिंह मैदानमा सम्पन्न हुने भएको छ |

गत कात्तिक  २० गते विर्तामोडबाट सुरु भएको उक्त अभियान सम्पन्न हुन लागेको हो | उक्त अभियानबाट टुजी/थ्रीजीबाट फोरजीमा स्तरोन्नती गरिएको टेलिकमले जनाएको छ | गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण सम्पन्न गरिएको थियो |

कम्पनीकाअनुसार पहिले टुजी वा थ्रीजी सिम भएका ग्राहकलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!