ट्याक्सीको नयाँ मापदण्ड:ट्याक्सी १२ सय सीसीको, एसी र जिपिएस हुनुपर्ने

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौँ | यातायात विभागद्वारा ट्याक्सीको नयाँ मापदण्ड लागु गरिएको छ | व्यवस्था अनुसार कामगर्न कार्यालयहरुलाई चिठी समेत पठाइसकेको विभागले जनाएको छ | नयाँ ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सीसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनु पर्नेछ | कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनु पर्नेछ |

नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम अनिवार्य हुनु पर्ने मापदण्ड बनाइएको छ | नयाँ ट्याक्सी दर्ता खोल्ने सम्बन्धमा कुनै तयारि नरहेको  विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए | 

‘ट्याक्सी रिप्लेस गर्दा नयाँ मापदण्डअनुसार ल्याउनु पर्नेउनले बताए अहिले नयां दर्ता खोल्ने तयारि भने नभएको स्पस्ट पारे | विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!