वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश

Posted on: 24 Nov, 2019

मंसिर ८, धनगढी | सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ | 

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन गर्न लागिएको  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिनेश पाण्डेले जानकारी दिए ।   

सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ | वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका  नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ । 

यो प्रदेशका ८८ मध्ये ८४ वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुराका चार पालिकामा सो बैंकको पहुँच पुग्न अझै बाँकी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!