टुटल र पठाओलाई ट्राफिक प्रहरीद्वारा कारबाही सुरु

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौं | ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको र भाडामा मान्छे बाकेर हिँडेको भन्दै टुटल र पठाओलाई कारबाही गरेको छ | आइतबार ट्राफिक प्रहरीले २०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको जरिवाना सम्बन्धि विवरणको १२औं नम्बरको नियम उल्लघंन गरेको भन्दै जरिवाना गरेको हो |

गत साता यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधान अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाइए कानून बमोजिम कारबाही गरिने भन्दै सूचना प्रकाशित गरेको थियो |

केहि समय अघि पनि पठाओ र टुटललाई  कारबाही गरिएको थियो | त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि कारबाहीलाई स्थगित गरी सूचारु गरिएको थियो | स्टार्ट अप व्यवसाय भए पनि आवश्यक नियमको अभावमा पठाओ र टुटल जस्ता व्यवसायलाई काम गर्न गाह्रै हुँदै आएको सञ्चालकहरु बताउँछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!