भारतका तीन एयरलाइन्स काठमाडौंमा उडानको तयारी गर्दै

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौँ | नेपालमा भारतका तिन एयरलाइन्स उडानको तयारी गरिरहेका छन् | जेट एयरवेजले उडान बन्द गरेपछि अन्य एयरलाइन्सले नेपाल उडान गर्ने चासो देखाएका हुन् | नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भातरको स्पाइसजेटले उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ | स्पाइसजेट फेरि नेपाल आउन लागेको हो |

भारतका मुम्बई, दिल्ली,बैंग्लोरबाट काठमाडौं उडान गर्ने भारतीय एयरलाइन्सको योजना रहेको छ | हाल इन्डिगो र एयर इन्डियाले यो भारतीय सहर र काठमाडौंबीच उडान गरिरहेका छन् | काठमाडौ उडान गर्ने तयारी गरिरहेको गो एयरले आगामी जनवरीदेखि अनुमतिका लागि प्रक्रिया सुरु गर्ने जानकारी गराएको छ |

त्यस्तै भिस्तारा र गो एयरले पनि नेपाल उडान गर्ने योजना बनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!