खोटाङमा चार उधोग पुरस्कृत

Posted on: 26 Nov, 2019

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो | पुरस्कृत हुनेमा दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै दिक्तेल समिल रहेको घरेलु तथा साना उधोगका नासु दिनेश कुमार राईले जानकारी दिए ।

घरेलुबाट प्रदान गरिएको प्रविधि, ज्ञान, सिप, हासिल गरी उधोग व्यवसायको क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भएकोमा पुरस्कृत गरिएको हो । उद्योगका संचालक तथा सम्बन्धित व्यक्तिहरुलाई दोषल्ला ओढाई समान रुपमा नगद ३-३ हजारका साथमा कदरपत्र प्रदान गरिएको छ । 

उनीहरुलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले नगद र कदरपत्र प्रदान गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!