मेगा बैंकलाई आईएसओ प्रमाणपत्र

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाडौं | अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ | 

अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले आईएसओ द्वारा मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो |

हाल मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, ११२ वटा एटीएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरुरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!